Last Updated: Thursday, Oct 16, 2008
समाचारहरु नेपालिमा नदेखिएमा नेपालि फन्ट डाउनलोड गर्नुहोस
FEATURED ARTICLES

सम्पादकीय
पार्टर्ीीबीचको होड


आफ्नो पार्टर्ीीछाडिको पुच्छर हटाउन विभिन्न पार्टर्ीीच होडबाजी चलेको छ । नेकपा माओवादीका नेता अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले अमेरिकामा गएर आफ्नो पार्टर्ीीे नाम नै परिवर्तन गर्ने घोषणा गर्नुभएको थियो भने काठमाडौं फर्किएपछि नेपाल कम्युनिष्ट पार्टर्ीीछाडिको माओवादी भन्ने पुच्छर मात्र हटाउने काइते कुरा गर्नुभयो । त्यसपछि उनको भनाईलाई अध्यक्ष प्रचण्डले र्समर्थन गर्दै आफूले माओवादी भन्ने पुच्छर हटाउन डेढ वर्षअघि नै पार्टर्ीी प्रस्ताव राखेको बताउँनुभयो । त्यसको भोलिपल्ट पत्रकार सम्मेलन गरेर अर्को कम्युनिष्ट पार्टर्ीीमालेले आफूले विगतका तीनवटा महाधिवेशनमा एमाले भन्ने पुच्छर हटाउने बारेमा छलफल गरेको र आठौं महाधिवेशनले एमाले पुच्छर हटाउने बतायो । त्यसको पर्सि पल्ट सिरहाको लाहनमा भएको नेपाल सद्भावना पार्टर्ीीानन्दीदेवी समूहले आफ्नो पार्टर्ीीछाडिको आनन्दीदेवी भन्ने पच्छर हटायो । माओवादी भित्र भने मोहन वैद्य किरण समूह भने माओवादी भन्ने शब्दलाई पुच्छर नभनी मौलिक नाम भन्न थालेका छन् । यसले नाम परिवर्तनका बारेमा माओवादीमा विवाद देखिएको प्रष्ट भएको छ भने एमालेका नेताहरू पनि एमाले भन्ने नामको राम्रो छाप परेको कारण त्यसलाई तत्काल हर्टाईहाल्ने पक्षमा छैनन् । तर महासचिव झलनाथ खनाल भने अहिलेको महाधिवेशनले धक्का दिएर एमाले भन्ने पुच्छर हटाउने बताईरहनुभएको छ । कामका लागि भन्दा पनि नामका लागि चलेको यो होडले नेपाली जनताले भने केही पाउने छैनन् । यस्ता अनावश्यक विषयमा होडबाजी गर्नु दलहरूको बानी नै, जनताको पक्षमा काम गर्नुभन्दा यसै अनावश्यक विषयमा होडबाजी गर्नु राजनीतिक दलहरूको विशेषता नै हो ।

© २००६ साँझको समाचार दैनिक. All rights Reserved.