Last Updated: Thursday, Oct 16, 2008
समाचारहरु नेपालिमा नदेखिएमा नेपालि फन्ट डाउनलोड गर्नुहोस
FEATURED ARTICLES

विचार
सैद्धान्तिक विचलनकारी माओवादी


अहिले माओवादीहरूले स्पष्ट र निश्चित रुपले दक्षिणपंथी दिशा समातेका छन् । तर "वामपंथी" लफ्फाजीको मद्दतद्वारा आफ्नो त्यसप्रकारको सैद्धान्तिक बिचलनलाई क्रान्तिकारी रुपमा तथा जनताका बीचमा आफ्नो संगठनलाई मार्क्सवादी-लेनिनवादी वा माओवादी संगठनका रुपमा प्रस्तुत गर्ने प्रयत्न गरेको पाइन्छ । उनीहरूको त्यसप्रकारको दोहोरो भूमिकामा कृतिमता त छ नै । त्यसका साथै त्यसले उनीहरूलाई अत्यन्त हास्यास्पदरुपमा पनि प्रस्तुत गरिरहेको छ । तैपनि सामान्यत पिछडिएका जनता र विशेषतः आफ्ना कार्यकर्ताहरूमा उनीहरू काफीहदसम्म त्यसप्रकारको भ्रम दिन सफल भएका छन् । माओवादीहरूका सर्न्दर्भमा हामीले दर्ुइ कोणबाट बिचार गर्नुपर्ने आवश्यकता छ ः प्रथम, आधारभूत सैद्धान्तिक दृष्टिकोणबाट । द्वितीय, तात्कालिक राजनैतिक दृष्टिकोणबाट । आधारभूत सैद्धान्तिक दृष्टिकोणबाट उनीहरूको दक्षिणपंथी दिशामा तीब्ररुपले संक्रमण भइरहेको छ । निश्चय नै उनीहरूको एमालेको जस्तै खुला र औपचारिकरुपले पतन भइसकेको छैन । उनीहरूले अहिले पनि खुला र प्रकटरुपले मार्क्सवादी-लेनिनवादी सिद्धान्तहरू वा माओवादमा जोड दिने गरेका छन् । तर त्यो वाह्य र प्रकट रुप मात्र हो । साररुपमा अब उनीहरू मार्क्सवादी वा लेनिनवादी रहेका छैनन् । उनीहरूले आफ्नो वाह्य स्वरुपलाई कहिलेसम्म कायम राख्नेछन् - त्यो कुरा आउने दिनहरूमा नै प्रष्ट हु“दै जानेछ । तैपनि व्यवहारमा उनीहरूले दक्षिणपंथी संशोधनवादी दिशा समातेको कुरा झन् पछि झन् प्रष्ट हु“दै गइरहेको छ । त्यसबाट उनीहरूको दक्षिणपंथी संशोधनवादी स्वरुप झन् पछि झन् नांगिदै गइरहेको छ । त्यसैले गर्दाखेरी उनीहरूका लागि "वामपंथी" लफ्फाजीको सहायता लिनुपर्ने आवश्यकता झन् पछि झन् बढ्दै गइरहेको छ । तर अन्तमा निर्ण्र्ाात्मक कुरा त्यसप्रकारको लफ्फाजी होइन, उनीहरूको व्यवहार हुनेछ । उनीहरूको व्यवहारले दक्षिणपंथी संशोधनवादी दिशा समात्दै गैरहेको हुनाले त्यसमाथि लामो समयसम्म पर्दा हाल्नु उनीहरूका लागि सम्भव हुने छैन । उनीहरूको सम्पर्ूण्ा चिन्तन र व्यवहारले पनि दक्षिणपंथी दिशा समात्दै गैरहेको हुनाले "वामपंथी" लफ्फाजीले उनीहरूलाई धेरै टाढासम्म लैजान सक्ने छैन । यो सवैलाई थाहा भएको कुरा हो कि प्रचण्डले पहिले द हिन्दूमा प्रकाशित आफ्नो अन्तरवार्तामा दर्ुइवटा कुराहरू र्सार्वजनिक रुपले नै स्वीकार गरेका थिए ः प्रथम, शान्तिपर्ूण्ा तरिकाबाट पनि नया“ जनवादी व्यवस्थामा जानु सम्भव छ । द्वितीय, उनले बहुदलीय व्यवस्थालाई सैद्धान्तिक र रणनैतिक दुवै प्रकारले र्समर्थन गर्ने बताएका थिए । मार्क्सवाद-लेनिनवाद-माओत्सेतुंग विचारधाराको सामान्य ज्ञान भएको मानिसबाट पनि यो लुकेको कुरा होइन कि त्यो माओको लाइन नभएर घोषित र प्रकट रुपमा नै खु्रश्चेवको लाइन हो । त्यसरी खु्रश्चेवको लाइन बोकेर आफ्नो संगठनलाई मार्क्सवादी-लेनिनवादी वा माओवादीका रुपमा प्रस्तुत गर्ने उनीहरूको प्रयत्न सा“च्चिकै हास्यास्पद कुरा हो । उनीहरू सत्तारुढ भएपछि उनीहरूको त्यो दक्षिणपंथी संशोधनवादी स्वरुप अरु नांगिदै जाने छ र सत्ताको आडले त्यसलाई धेरै समयसम्म लुकाएर राख्न सक्ने छैन । माओवादीहरूको आधारभूत मार्क्सवादी-लेनिनवादी सिद्धान्तहरूबाट दक्षिणपंथी संशोधनवादी दिशामा संक्रमण भइरहेको हुनाले त्यो प्रश्नमा उनीहरूसितको हाम्रो अन्तरविरोध आधारभूत प्रकारको छ र त्यो प्रश्नमा सम्झौताहीन प्रकारले वैचारिक रुपले संर्घष्ा अगाडि बढाउनुपर्ने आवश्यकता छ । तर तात्कालिक राजनैतिक प्रश्नहरूमा उनीहरूसितको हाम्रो बिरोध वा संर्घष्ा त्यहीप्रकारले आधारभूत प्रकारको छैन । उनले अपनाउने नीतिहरूका आधारमा उनीहरूप्रतिको हाम्रो र्समर्थन वा विरोधको स्वरुप वा मात्रा निश्चित हुनेछ । माओवादीहरूको आधारभूत सैद्धान्तिक प्रश्नहरूमा भइरहेको बिचलनको असर उनीहरूको व्यवहार वा तात्कालिक राजनीतिमा पनि परेको छ । प्रश्न यो मात्र होइन कि उनीहरूले उग्र"वामपंथी" दिशा समातेका थिए, जो मार्क्सवादी-लेनिनवादी सिद्धान्तका विरुद्धको अवसरवादी लाइन नै थियो । त्योभन्दा गम्भीर कुरा यो थियो कि उनीहरूले मार्क्सवादी-लेनिनवादी सिद्धान्त, वर्गसंर्घष्ाको सिद्धान्त वा माओको जननीतिको उल्लंघन गरेर साधारण शोषित, उत्पीडित वा मेहनतकश जनतामाथि पनि गम्भीर प्रकारका ज्यादतिहरू गर्ने गरेका थिए, जो स्पष्ट र निश्चित रुपले सामाजिक फासिवादी र सैन्यवादी प्रकारको कार्यशैली थियो । अहिले पनि उनीहरूको त्यसप्रकारको चिन्तन वा कार्यशैली कायम छ । त्यसको असर तात्कालिक राजनीतिमा परेको छ । हामीले अन्य लेख वा वक्तव्यहरूमा त्यसबारे बारम्बार प्रकाश हाल्ने गरेका छौं । त्यसकारण अहिले हामीहरू त्यसबारे बढी चर्चागर्ने पटि्ट लाग्दैनौं । उनीहरूका त्यसप्रकारका नीतिहरूका विरुद्ध सम्झौताहीन प्रकारले संर्घष्ा गर्ने आफ्नो अडान कायम राख्दै उनीहरूले अपनाउने सवै सही र सकारात्मक नीतिहरूलाई र्समर्थन गर्ने हाम्रो नीति रहने छ । माओवादीहरूले सरकारमा गएपछि आफ्ना आगामी नीति र कार्यक्रमहरूबारे कैयौं घोषणा गरेका छन् वा प्रतिवद्धता प्रकट गरेका छन् । तर समस्या के छ भने उनीहरूले जे भन्दछन्, त्यसमा कुनै विश्वसनीयता हु“दैन । उनीहरूले गतकालमा प्रकट गरेका प्रतिवद्धताहरूलाई पालन नगरेका वा तिनीहरूका विरुद्ध पनि व्यवहार गरेका उदाहरणहरूको एउटा लामो सूची छ । यहा“ त्यसप्रकारका सवै व्यवहारहरूको चर्चा गर्ने पटि्ट नलागेर एकाध विषयको चर्चासम्म मात्र हामीले आफूलाई सीमित गर्नेछौं । द हिन्दूमा दिएको अन्तरवार्तामा उनीहरूले उनीहरूको संगठन सत्तामा पुग्ने स्थिति तयार भएमा पहिलो पंक्तिका कुनै नेता सरकारमा नजाने भन्ने विचार प्रकट गरेका थिए । तर आफ्नो त्यो प्रतिवद्धतालाई उनीहरूले कसरी पालना गरे - त्यो सारा देशका अगाडि खुला छ । राष्ट्रपतिको चुनावमा पराजित भएमा सरकारमा जानु आफ्नो नैतिकताका विरुद्ध भएको कुरा बताउ“दै विपक्षमा बस्ने घोषणा गरेका थिए । तर आफ्नो त्यो घोषणाका विरुद्ध काम गर्न उनीहरूलाई धेरै दिन लागेन । राष्ट्रपतिको चुनावको बेलामा फोरमसितको गठबन्धलाई उनीहरूले अपवित्र बताएका थिए । तर पछि उनीहरूको लागि त्यही पवित्र बन्न गयो । उनीहरूको त्यसप्रकारको रर्ेकर्डमाथि बिचार गर्दा अहिले उनीहरूले प्रकट गर्ने कुनै पनि बिचार, प्रतिवद्धता वा स्वयं उनीहरूको साझा न्यूनतम कार्यक्रम माथि पनि विश्वास गर्नसक्ने आधार छैन । त्यो अवस्थामा हामीले उनीहरूमाथि कति विश्वास गर्ने - त्यो कुरा उनीहरूको व्यवहारमाथि निर्भर गर्नेछ । केहीदिन पहिले चीनको भ्रमणको सर्न्दर्भमा उनीहरूले नेपालको कुनै प्रधानमन्त्रीले र्सवप्रथम भारतमा भ्रमण गर्ने परम्परालाई तोडेको भनेका थिए । भारतीय दवावको पृष्ठभूमिमा प्रधानमन्त्री प्रचण्डले चीनको भ्रमण गर्ने निर्ण्र्ाागरेको कुरालाई हामीले सकारात्मक रुपमा लिएका थियौं र त्यसलाई स्वागत पनि गरेका थियौं । हामीले आशा गरेका थियौं, उनले भारतीय विस्तारवादका तर्फाट हुने सवै दवाव वा हस्तक्षेपका विरुद्ध राष्ट्रियताका पक्षमा दृढ नीति अपनाउ“दै जानेछन् । हामीले आफ्ना तर्फाट त्यसप्रकारका सवै नीतिहरूलाई दृढतापर्ूवक र्समर्थन गर्ने बिचार पनि प्रकट गरेका थियौं । तर चीनबाट र्फकने बित्तिकै उनले घोषणा गरे ः मेरो पहिलो राजनैतिक भ्रमण भारतमा नै हुनेछ । उनको त्यो अभिव्यक्तिले पहिलेका प्रधानमन्त्रीहरूको र्सवप्रथम भारतमा नै भ्रमण गर्ने परम्परा तोडेको भन्ने माओवादीहरूको अभिव्यक्तिको दिवालियापन नांगोरुपले प्रकट भयो । वास्तवमा त्यो उनको चीन भ्रमणबारे भारत सरकार वा प्रधानमन्त्री मनमोहन सिंहले समेत र्सार्वजनिक रुपले नै प्रकट गरेको असन्तोष वा क्षोभका अगाडिको आत्मर्समर्पण नै थियो । त्यसले आफ्नो आगामी भारत भ्रमणको दौरानमा उनले नेपालका राष्ट्रिय हितहरूलाई तिलाञ्जली दिने पहिलेका प्रधानमन्त्रीहरूको परम्परालाई अगाडि बढाउने गम्भीर अशंकालाई पनि जन्म दिन्छ । समग्ररुपमा माओवादीहरूले आधारभूत सैद्धान्तिक प्रश्नहरूमा बिचलनको बाटो समात्नुका साथै अहिलेसम्मको पृष्ठभूमि, चरित्र वा कार्यशैली माथि ध्यान दिंदा तात्कालिक राजनैतिक प्रश्नहरूमा उनीहरूले सही नीति अपनाउने वा भूमिका खेल्न सक्ने विषयमा कैयौं आशंकाहरू पैदा हुन्छन् । त्यो अवस्थामा हामीले उनीहरूसितका आधारभूत सैद्धान्तिक प्रश्नहरूमा सम्झौताहीन बैचारिक संर्घष्ाको नीति अपनाउनुका साथै तात्कालिक राजनैतिक प्रश्नहरूमा गुण, दोषका आधारमा उनीहरूका नीतिहरूलाई र्समर्थन वा विरोध गर्ने नीति अपनाउ“दै जानेछौं । अन्तमा हामीले माओवादी मित्रहरूलाई कुनै "वामपंथी" शब्दावलीका आधारमा होइन, वास्तविक धरातलमा नै आफ्नो भूमिकालाई अगाडि बढाउने सल्लाह दिन्छौं । त्यही नै सम्पर्ूण्ा देश र जनता तथा स्वयं उनीहरूको पनि हितमा हुनेछ ।


© २००६ साँझको समाचार दैनिक. All rights Reserved.