|
|
|
|
|
|
भोलिदेखि पशुपति महोत्सव हुने
|
|
काठमाडौं । पशुपतिक्षेत्रको धार्मिक, साँस्कृतिक एवम् ऐतिहासिक महत्व र संवेदनशीलतालाई ध्यानमा राखी पशुपतिक्षेत्रलाई अन्तरराष्ट्रिय तर्ीथस्थल बनाउने उद्देश्यले यही कात्तिक १, २ र ३ गते 'पशुपति महोत्सव' आयोजना गरिने भएको छ ।
पशुपतिक्षेत्र विकास कोष र नेपाल मानव धर्म सेवा समितिको संयुक्त आयोजनामा उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवलाई धार्मिक पर्यटनका क्षेत्रमा कोसेढुङ्गाका रुपमा स्थापित गराउन सबैबाट सहयोग एवम् सद्भाव प्राप्त हुने अपेक्षा गरिएको छ ।
पशुपतिनाथलाई विश्वव्यापी बनाई धार्मिक पर्यटन अभिवृद्धि गर्ने, नेपालको विविधतायुक्त साँस्कृतिक पक्षको झलक प्रस्तुत गर्ने, धार्मिक पर्यटनलाई टेवा दिने, धार्मिक पर्यटनका लागि चाहिने योजनाबद्ध विकासका पर्ूवाधारका लागि जनआकर्षा गरी आर्थिक सं्रोत परिचालन गर्ने र पशुपतिक्षेत्रको जात्रा तथा पर्वको संरक्षण गर्ने महोत्सवको उद्देश्य रहेको पशुपतिक्षेत्र विकास कोषद्वारा हिजो आयोजित पत्रकारसम्मेलनमा जानकारी गराइयो ।
पत्रकारसम्मेलनमा हिमाल, तर्राई र पहाडका विभिन्न जातजातिका साँस्कृतिक झलक प्रस्तुत गर्ने, काठमाडौँ उपत्यकाको जात्रा, पर्व, नाच आदिको झलक प्रस्तुत गर्ने, पशुपति महोत्सवको व्यापकरुपमा नेपाल-भारतलगायतका देशमा प्रचारप्रसार गर्ने, पशुपतिनाथको महिमाको प्रचार गर्ने, त्रिदिवसीय महोत्सवका अवसरमा पहिलो दिन सांँकृतिक झलक, बाजागाजा, धार्मिक रीतिथितिबमोजिम प्रभातफेरि गर्ने र पशुपतिक्षेत्रका मठमन्दिरमा विशेष पूजा गर्ने महोत्सवको मुख्य कार्यक्रम रहेका छन् । |
|
|
|
|
आयोगद्वारा सम्पत्ति फिर्ता गर्न माओवादीलाई दबाब
|
|
काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले नेपालको अन्तरिम संविधान २०६३ को धारा १३३ अनुसार आयोगको वाषिर्क प्रतिवेदन २०६४/६५ राष्ट्रपतिसमक्ष पेस गरेको छ । आयोगका पदाधिकारीको टोलीले अपराहृन राष्ट्रपतिको कार्यालय, शीतल निवास पुगी सो प्रतिवेदन राष्ट्रपति डा.रामवरण यादवसमक्ष पेस गरेको हो ।
सो अवसरमा राष्ट्रपति डा.यादवले प्रजातन्त्रविना मानवअधिकारको अनुभूति गर्न नसकिने र देशको इज्जत यसको मानवअधिकार अवस्थाले प्रतिविम्बित गर्ने भएकाले सबै मानवअधिकारप्रति सचेत र संवदेनशील हुनर्ुपर्छ भन्दै विगतमा नेपालको मानवअधिकार अवस्था खस्केकाले त्यसलाई सुधार्न आयोगको गहन दायित्व रहेको बताउनुभयो । राष्ट्रपति यादवले संविधानलाई मानवअधिकारमैत्री बनाउन सभासद्लाई मानवअधिकार र आयोगका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्न आयोगलाई सल्लाह दिनुभयो ।
सो अवसरमा आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले गतवर्षआयोग पदाधिकारी नियुक्त भएकै समयमा कपिलवस्तु घटना भएको र त्यसपछि विभिन्न उतारचढावबीच संविधानसभा निर्वाचन सम्पन्न भएकाले गत गर्षो अवधि निकै चुनौतीपर्ूण्ा रहेको बताउनुभयो । आयोगका प्रवक्ता गौरी प्रधानले आयोगका सिफारिस कार्यान्वयन गर्न सरकारको प्रयत्न अपुग भएको तर्फराष्ट्रपतिको ध्यानाकर्षा गराउनुभयो ।
नेपालको अन्तरिम संविधान, २०६३ ले आयोगलाई संवैधानिक हैसियत प्राप्त गरेपछि र आयोगमा वर्तमान पदाधिकारी नियुक्त भएयता सो पहिलो वाषिर्क प्रतिवेदन हो । प्रतिवेदनमा गत अघिल्लो वर्षो साउनदेखि गत असार महिनासम्म आयोगले मानवअधिकार संरक्षण र पर््रबर्द्धनमा गरेका गतिविधि समेटिएको छ ।
गतवर्षआयोगले कपिलवस्तु घटनाको अनुगमन, अनुसन्धान र सिफारिस, संविधानसभा निर्वाचन २०६४ को अनुगमन, तीनवषर्ीय अन्तरिम रणनीतिक योजना -२००८-१०) को तर्जुमा, भैरवनाथगण महाराजगन्जबाट २०६० सालमा विभिन्न मितिमा पक्राउ गरी बेपत्ता पारिएका भनिएका व्यक्तिको अनुसन्धान, विभिन्न मितिमा शवोत्खनन गरी व्यक्ति पहिचान तथा अनुसन्धानलगायतका कार्य गरेको थियो । द्वन्द्वकालमा बेपत्ता तथा अपहरण गरी अवस्था अज्ञात बनाइएका व्यक्तिको स्थिति र्सार्वजनिक हुन नसक्नु, विस्थापित आफ्नो थातथलोमा र्फकन नसक्नु, नेकपा -माओवादी)लगायतबाट कब्जामा लिइएका व्यक्तिको सम्पत्ति फिर्ता नगरिनु, सरकारद्वारा आयोगका सिफारिसको पर्ूण्ारुपमा कार्यान्वयन नगरिनुजस्ता चुनौती हाल आयोगसमक्ष रहेको बताइएको छ । |
|
|
|
|
रत्न राजमार्ग बन्द
|
|
काठमाडौं । सर्ुर्खेतमा हिजो बिहान एउटा जिपले ठक्कर दिँदा फुपू भतिजाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, सर्ुर्खेत नजिकै बा.५च ९१५० नम्बरको जिपले बिहान करिब साढे नौ बजे ठक्कर दिँदा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का सात वषर्ीय सन्देश नेपाली र उनकी फुपू ३९ वषर्ीया कुन्ता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ज्रि्रकाका अनुसार सन्देशको घटनास्थलमै र कुन्ताको क्षेत्रीय अस्पताल, सर्ुर्खेतमा उपचार गराउँदा गराउँदै दिउँसो करिब १२ बजेतिर मृत्यु भएको हो । मृतकका परिवारलाई क्षतिपर्ूर्ति दिनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले आज बिहानैदेखि कोहलपुर-सर्ुर्खेत राजमार्ग -रत्नराजमार्ग) बन्द गरेका छन् । |
|
|
|
|
काँग्रेस र एम्ाालेको सिको व्यवहारमा उतार्ने दावी
|
|
काठमाडौ । नेकपा -माओवादी) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो पार्टर्ीी पनि चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने जानकारी दिनुभएको छ । नेकपा -एमाले) द्वारा हिजो आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले सो जानकारी दिनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो-"हिजो काङ्ग्रेसको गिरिजाबाबुको चियापान हेरेर सिकेँ, आज एमालेको कार्यक्रम हेरेर सिक्दैछु, म पनि दसैँतिहारको बीचमा दुवैलाई हुनेगरी चियापान राख्ने सोचमा छु ।" |
|
|
|
|
उद्योगीद्वारा सरकारको निर्ण्र्ाानमान्ने घोषणा
|
|
काठमाडौं । नेपाल सरकारले उद्योगी मजदुरहरूको वृत्तिविकासका निम्ति निर्धारण गर्न लागेको ज्याला तथा मासिक तलबप्रति उद्योग सङ्गठन, मोरङले विरोध जनाएको छ । सरकारले नेपाली श्रमिकलाई दैनिक रु. १९० तथा मासिकरुपमा रु.चार हजार ६०० ज्याला तथा पारिश्रमिक कायम गर्न लागेको सो निर्ण्र्ााे समस्त उद्योग बन्द हुने चेतावनी पनि सङ्गठनले दिएको छ ।
उद्योग सङ्गठन, मोरङका अध्यक्ष दिनेश गोल्छाले पत्रकारहरूसँगको छलफलमा एकतर्फी निर्ण्र्ााे उद्योगीहरूलाई चिन्तित तुल्याएको बताउँदै सरकारले व्यावहारिक तलबमान लागू गर्नुपर्नेमा जोड दिनुभयो । यता नेपाली श्रमिकहरूले उद्योगीहरूले श्रमिकलाई जीवनयापन गर्नसम्मको पनि पारिश्रमिक तथा तलब दिन अस्वीकार गरेबाट श्रमिकहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् ।
उनीहरू भन्छन्-हाम्रो श्रम र सीपबाट नै उद्योगीहरू मालामाल भएका छन् तर हाम्रा परिवार कष्टकर जीवनयापन गर्न बाध्य भइरहेको अवस्थामा सरकारले श्रमिकका हकहितमा निर्धारण गर्न लागेको न्यूनतम ज्याला पनि कमै छ ।
अहिले नेपाली श्रमिकले दैनिक रु.१२५ मात्र ज्याला पाउनु लाजमर्दो भएको श्रमिकहरूको गुनासो छ । नेपाली उद्योगीहरूले समान काम गर्ने भारतीय मजदुरलाई दोब्बरतेब्बर ज्याला दिने तर नेपाली श्रमिकलाई भने उचित तलब दिन अनेक बहाना गर्नु बदनियतपर्ूण्ा भएको नेपाली श्रमिकहरू बताउँछन् ।
अरिहन्त मल्टी फाइबर उद्योग, सोनापुरमा कार्यरत एक मजदुरले आफ्नो नाम उल्लेख नगर्ने र्सतमा भने-हाम्रा उद्योगीहरूले नेपाली श्रमिकलाई उचित पारिश्रमिक नदिएर वैदेशिक रोजगारमा जान बाध्य पारिरहेका छन् । उद्योगीहरूले सरकारसँग विभिन्न सुविधा र सहुलियत माग्ने तर श्रमिकका लागि सरकारले सामाजिक सुरक्षाअर्न्तर्गत गर्न लागेको ज्यालाको निर्ण्र्ाानमान्नु कहाँको नियम हो भनी उनीहरूले प्रत्रि्रश्न पनि गरेका छन् । |
|
|
|
|
स्वास्थ्य कायकर्ताको हत्या
|
|
काठमाडौं । काभ्रेको शिखरआम्बोटो उपस्वास्थ्य चौकीेका जनकबहादुर मगरको हत्या भएको छ । गएराति उनको हत्या भएको हो । हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । घरमाथि ढुंगाले किचेको अवस्थामा उनको शव फेला परेको थियो । ४९ वषर्ीय मगर सोही गाउँका स्थानीय बासिन्दा हुन् । |
|
|
|
|
अमेरिकाद्वारा द्वन्द्वप्रभावितको खाद्यान्नका लागि ७५ लाखडलर प्रदान
|
|
काठमाडौ । युएसएडको शान्तिका लागि खाद्यान्न कार्यालयमार्फ संयुक्त राज्य अमेरिकाले नेपालमा संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमअर्न्तर्गत सञ्चालित शान्ति प्रक्रियामा सहयोग गर्न तथा नेपालस्थित भुटानी शरणार्थी र द्वन्द्वप्रभावितका लागि खाद्यान्न सहायतातर्फ७५ लाख डलर प्रदान गरेको छ ।
सो रकम नेपालस्थित विश्व खाद्य कार्यक्रममार्फ नेपालका अत्यन्त जोखिमपर्ूण्ा अवस्थामा बाँचिरहेका गरिब जनताका लागि सातहजार टनभन्दा बढी खाद्यान्न प्रदान गर्न प्रयोग गरिनेछ, जसमा चामल, वनस्पति तेल र केराउ लगायतका खानेकुरा हुनेछन् ।
विश्व खाद्य कार्यक्रमले शान्ति र पुनर्स्थापन कार्यक्रमअर्न्तर्गत खाद्यान्न सहायता र जीविकाको सहयोगको लक्ष्य पुरा गर्न दश करोड सत्तरी लाख डलरको बजेटमार्फ नेपालमा विगत गृहयुद्ध र चर्काे खाद्यान्न मूल्यवृद्धिको बाबजुद आफ्नो जीवनलाई पुननिर्माण गर्न संर्घष्ा गरिरहेका २७ लाखभन्दा बढी जनतालाई सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
यसै प्रयासअर्न्तर्गतको अमेरिकी सहयोगमा दर्ुइ लाख ७७ हजार जनताका लागि -भुटानी शरणार्थीसमेत) आवश्यक खाद्यान्न सहयोग र सोको परिचालनका लागि आवश्यक पर्ने नगद प्रदान गरिनेछ ।
विश्व खाद्य कार्यक्रमका शान्ति तथा पुनर्स्थापन क्रियाकलाप नेपालका ग्रामीण क्षेत्रका सबैभन्दा बढी खाद्यान्न अभाव झेलिररहेका र द्वन्द्वप्रभावित ३३ जिल्लामा सञ्चालन हुने युएसएडले जनाएको छ । |
|
|
|
|
प्रधानमन्त्री प्रचण्ड र कुटनीतिज्ञबीच वार्ता
|
|
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कुटनीतिज्ञसँगको भेटघाटमा व्यस्त हुनु भएको छ । उहाँले आज नर्वे, भुटान, भारतका राजदूत र संयुक्त राष्ट्रसंघीय मिसनका नेपालस्थित प्रमुख इयान मार्टिनसँग पनि भेटवार्ता गर्नुहुनेछ । |
|
|
|
|
मुसलमानद्वारा अनिश्चितकालीन यातायात बन्द आयोजना
|
|
काठमाडौं । शान्ति सुरक्षाको माग गर्दै मुश्लिम समुदायले आजदेखि पर्ूर्वी नेपालमा अनिश्चितकालीन यातायात बन्द आयोजना गरेका छन् । उनीहरूले कोसी राजमार्गको निमुवामा राजमार्गमा बिहानैदेखि अवरोध खडा गरेका छन् ।
मस्जिदमा बम विष्फोट गराउनेहरू खुलेआम हिंड्दा समेत प्रहरीले पक्राउ नगरेको भन्दै उनीहरूले यातायात बन्दको आयोजना गरेका हुन् ।
गत वर्षर यस वर्षमोरङमा अज्ञात समूहले मुश्लिम समुदायको पवित्र धार्मिकस्थलमा बम विष्फोट गराएको छ । आफ्नो माग पूरा नभए देशभर यातायात बन्द गर्ने धम्की पनि दिएका छन् ।
यसैबीच, हिजो सुनसरी र मोरङका मुस्लिम नेताहरूले मदर्सर्ाामन्दिर, चैत्य, गुम्बा र विहारजस्ता धार्मिकस्थलको सुरक्षाको भरपर्दाे व्यवस्था गर्ने ग्यारेन्टी नगरेसम्म आन्दोलन गर्ने मुस्लिम नेताहरूले उद्घोष गरेका छन् । नेपाली मुस्लिम समुदाय अहिंसावादी भएको तर बारम्बार मुस्लिम समुदायको आस्थाको केन्द्रमा बम आक्रमण भइरहेकाले अहिंसावादी मुस्लिम समुदायको धर्ैयको बाँध टुटयो भने नेपालमा ठूलो रक्तपात मच्चिने चेतावनी पनि दिएका छन् ।
हिजो सुनसरीको दुहवीमा भेला भएर असोज १८ मा हात्तीमुडामा भएको बम विस्फोटको शान्तिपर्ूण्ा विरोध र्यालीमा सहभागी मुस्लिम समुदायका नेताहरू मोरङको हात्तीमुडामा गएर कोणसभामा परिणत भएको थियो ।
मुस्लिम नेताहरूले बमकाण्डमा घाइते भएका जरिना खातुन, ज्याउलहक, इकवाल अहमद र सद्दाम हुसैनलाई सरकारले उपचार गर्नुपर्ने तथा त्यसका दोषीलाई खोजी गरी कडा कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन् ।
त्यसैगरी विराटनगरको सरौचिया मस्जिद बमकाण्डमा मारिएका परवेज आलम र फिरोज खानलाई जस्तै खर्ुर्सिद आलमलाई पनि राज्यले सहिद घोषणा गरी उनको परिवारलाई रु.१० लाख क्षतिपर्ूर्ति दिनुपर्ने मुस्लिम समुदायको माग रहेको छ ।
मस्जिदमा बम आक्रमण गर्ने आतङ्ककारीलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्नुपर्ने र जुनसुकै जाति र धर्मको धार्मिकस्थलका पर्ूण्ा सुरक्षाको ग्यारेन्टी गरिनुपर्नेजस्ता माग पूरा नभएसम्म आन्दोलन गर्ने पर्ूवाञ्चल
मुस्लिम सङ्र्घष्ा समितिले जनाएको छ ।कोणसभामा मुस्लिम नेताहरू मोहम्मदअब्दुल मियाँ, सहिमुद्दिन रयम, मौलाना गुलाम रसुल, जलिल रैन, हैदर अली, अव्बास मियाँलगायतले बोल्नुभएको थियो ।
|
|
|
|
|
आठौं कार्यकर्ता भेल सुरु
|
|
काठमाडौं । नेकपा एमालेको आठौं राष्ट्रिय कार्यकर्ता आजदेखि सुरु भएको छ । राष्ट्रिय नाचघर जमलमा आज १२ बजे सो पार्टर्ीी महासचिव झलनाथ खनालले सो भेलाको उद्घाटन गर्नुभएको छ । भेलामा पार्टर्ीी तोकिएका कार्यकर्ता र जनवर्गीय संगठनका अध्यक्षहरूको पनि सहभागिता रहेको छ । |
|
|
|
|
प्रचण्डद्वारा साम्यवाद छाडेको र बाबुरामद्वारा माओवादी पार्टर्ीीे नाम फर्ेर्ने घोषणा, अर्को कुजातको जन्म
|
|
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब नेपालका कोही पनि व्यक्ति तथा पार्टर्ीीुरानो जनगणतन्त्रमा जान नसक्ने ठोकुवा गर्नुभएको छ । उहाँले चीन र रुसका जस्ता जनगणतन्त्र असफल भएको कारण बहुदलीय प्रतिस्पर्धाबाटै जनताकोतन्त्र स्थापना हुने भएको कारण कसैले पनि पुरानो खालको जनगणतन्त्रको सपना देख्न नहुने बताउनुभएको छ । नेकपा एमालेद्वारा हिजो पार्टर्ीीार्यालयमा आयोजना गरिएको चियापान समारोहमा पत्रकारसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेकपा माओवादीका नेता मोहन वैद्य किरण र सीपी गजुरेलप्रति संकेत गर्दै उहाँले जनगणतन्त्रको सपना नदेख्न आग्रह गर्दै माओवादीको इमान्दार नेता तथा कार्यकर्ताले जनगणतन्त्रमा जाने कुरै नगर्ने पनि दावी गर्नुभयो । माओवादीभित्र वैद्य र गजुरेल समूह भने जनगणतन्त्रमा जानुपर्ने पक्षमा रहेका छन् । उनीहरूले आफूहरूलाई बहुदलीय प्रतिस्पर्धाको आधारमा हुने कुनै पनि चुनाव र पद्धती आवश्यक नभएको भनाई पार्टर्ीीे बैठकमा राख्नुभएको छ ।
यसैबीच, अमेरिका भ्रमणमा रहनुभएका नेकपा माओवादीका वरिष्ठ नेता एंव अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले आफ्नो पार्टर्ीी माओवादी भन्ने शब्द हटाउने तयारी गरेको खुलासा गर्नुभएको छ । राजतन्त्र फ्याँक्न सो नाम उपयुक्त भए पनि अब त्यस्तो नामले विश्वमै भ्रम पार्ने भएको कारण नाम फर्ेन आफ्नो पार्टर्ीी आन्तरिक तयारी गरिरहेको बताउनभुएको हो । अमेरिकामा रहेका पत्रकारहरूले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले त्यस्तो भनाई र्सार्वजनिक गर्नुभएको हो ।
पत्रकारहरूले अमेरिकाको आतंककारी सूचीबाट हट्न नाम फर्ेर्ने प्रयास गरेको हो कि भन्ने प्रश्नमा उहाँले भन्नुभयो- 'हटाउँछ/हटाउँदैन त्यो अमेरिकाको कुरा हो, तर अब नेपालमा राजतन्त्रको अन्त्य भैसकेको कारण माओवादी भन्ने नामको आवश्यकतै छैन । उहाँले नेपालमा मात्र नभई विश्वमै जनगणतन्त्र स्थापना हुन नसक्ने पनि ठोकुवा गर्नुभयो ।
नेकपा एमाले यस्तै बाटो लिँदा उसलाई कुजात भन्ने गरिएको थियो । एमाले कुजात भएको भन्दै माओवादीमा एमाले र अन्य कम्युनिष्ट पार्टर्ीी कार्यकर्ताको प्रवेश बढेको थियो । सोही कारण छोटो समयमै माओवादी सफल पनि भएको थियो । तर अहिले आएर साम्यवाद छाडेको घोषणा गरेपछि माओवादी एमाले भन्दा पनि कुजात भएको छ । यसले कार्यकर्ता भड्कने संभवना रहेको छ ।
यसैबीच, हिजो राजधानीमा आयोजित चियापान कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पर्ूवप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो पार्टर्ीीयाँ संविधान बनाउने काममा सक्रियतापर्ूवक लाग्ने बताउनुभएको छ । तर सरकारमा भने आफ्नो पार्टर्ीीजाने प्रष्ट पार्नुभएको छ । कार्यक्रममा एमाले महासचिव झलनाथ खनालले संविधान निर्माणका लागि काँग्रेस, माओवादी र एमाले मिलेर अघि बढ्नुपर्ने तर्क राख्नुभएको थियो ।
|
|
|
|
|